संदेश

चित्र
 राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागले नेपाल सरकारले गैरकानुनी मानेको क्रिप्टोकरेन्सीका विभिन्न माध्यमहरू बाइनान्स, एडीभी क्यास, क्वाइन बेस, पाक्सफुललगायतका एपमार्फत कारोबार गरेको आरोपमा मोरङको रतुवामाईका पुस्कर श्रेष्ठ र रतुवामाईकै विनिता लिम्बुविरुद्ध नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ जरिवाना माग गरेर मुद्दा दायर गरेको हो । श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी सात करोड ५७ लाख र लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ । उनीहरूविरुद्ध विदेशी विनिमय नियमन गर्ने ऐनअनुसार कारबाही माग गरेर मुद्दा दर्ता भएको विभागको भनाइ छ । सरकारले नेपालमा क्रिप्टोकरेन्सी र कुनै पनि किसिमका डिजिटल मुद्रालाई कानुनी मान्यता दिएको छैन । नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगाय...

सोमबार सेयर कारोबार गर्न नपाएपछी निकल्यो स्वतन्त्र पूँजी बजार संघले विज्ञप्ति

चित्र
टीएमएसको तथ्यांकमा आकस्मिक समस्या आएको भन्दै नेप्सेले सोमबार दिउँसो १२ बजेर ५३ मिनेटदेखि कारोबार रोक्का गरेको थियो। सो कार्यले आम लगानीकर्ताहरु सेयर खरिद बिक्री गर्नबाट बञ्चित भएको स्वतन्त्र पूँजी बजार संघले जनाएको छ। संघले एक विज्ञप्ति जारी गरि के कारणले समस्या आएको हो सत्य तथ्य छानविन गरी बाहिर ल्याउनसमेत माग गरेको छ। बजारमा भित्र भित्रै कारोबार गर्ने षड्यन्त्र भएको कोहि संका गर्छन भने। प्राबिधिक समस्या बाजा बजाएर नआउने हामी सबैलाई थाहा छ।     स्वतन्त्र पूँजी बजार संघको अनुसार अब आउने दिनमा यस्ता समस्या समाधानका लागि अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई जिम्मेवार हुन पनि विज्ञप्तिमा उल्लेख छ। यता आम लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत नियामकहरुलाई सो समस्याको प्रश्न गरिरहेका छन् भने नेप्सेले लगानीकर्तालाई टीएमएसको समस्या समाधानमा लागिरहेको बताए पनि कारोबार हुने अन्तिम समयसम्म पनि समस्या समाधान गर्न सकेन। हिजो आफ्नो इच्छा र योजना अनुसार कारोबार गर्न नपाएकोमा लगानिकर्ता दिन भरिनै टिएमएसको अगाडि नेप्सेको आश्वासन पुराहुने प्रतिक्षामा बिताएका थिए।