सोमबार सेयर कारोबार गर्न नपाएपछी निकल्यो स्वतन्त्र पूँजी बजार संघले विज्ञप्ति
टीएमएसको तथ्यांकमा आकस्मिक समस्या आएको भन्दै नेप्सेले सोमबार दिउँसो १२ बजेर ५३ मिनेटदेखि कारोबार रोक्का गरेको थियो। सो कार्यले आम लगानीकर्ताहरु सेयर खरिद बिक्री गर्नबाट बञ्चित भएको स्वतन्त्र पूँजी बजार संघले जनाएको छ। संघले एक विज्ञप्ति जारी गरि के कारणले समस्या आएको हो सत्य तथ्य छानविन गरी बाहिर ल्याउनसमेत माग गरेको छ। बजारमा भित्र भित्रै कारोबार गर्ने षड्यन्त्र भएको कोहि संका गर्छन भने। प्राबिधिक समस्या बाजा बजाएर नआउने हामी सबैलाई थाहा छ।
स्वतन्त्र पूँजी बजार संघको अनुसार अब आउने दिनमा यस्ता समस्या समाधानका लागि अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई जिम्मेवार हुन पनि विज्ञप्तिमा उल्लेख छ। यता आम लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत नियामकहरुलाई सो समस्याको प्रश्न गरिरहेका छन् भने नेप्सेले लगानीकर्तालाई टीएमएसको समस्या समाधानमा लागिरहेको बताए पनि कारोबार हुने अन्तिम समयसम्म पनि समस्या समाधान गर्न सकेन।
हिजो आफ्नो इच्छा र योजना अनुसार कारोबार गर्न नपाएकोमा लगानिकर्ता दिन भरिनै टिएमएसको अगाडि नेप्सेको आश्वासन पुराहुने प्रतिक्षामा बिताएका थिए।
टिप्पणियाँ
एक टिप्पणी भेजें